नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ११ हजारभन्दा तल झर्‍याे

 कात्तिक ५, २०७८ शुक्रबार १६:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा नौ सय ३२ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार नौ सय ४६ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सक्रिय सङ्क्रमितमध्ये दुई सय ७९ जनाको आईसीयू र ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा सात सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर नौ हजार तीन सय ७६ जनाको नमुना परीक्षण गरेकोमा सात सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख आठ हजार ९६ जना र एन्टिजेन विधिबाट गरेिएको परीक्षणमा ९३ हजार नौ सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यही अवधिमा काेराेना सङ्क्रमणका कारण ११ जनाकाे ज्यान गएकाे छ । याेसहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ३७ पुगेको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा ५८ हजार आठ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६५ लाख ४६ हजार दुई सय ३७ पुगेको छ । ८५ लाख ९४ हजार दुई सय ७४ जनाले पहिलो मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया