पोखरा गोल्डकपको २४ औं संस्करण : उद्घाटन खेलमा आयोजक सहारा र ...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय ११ पुगेको छ । आज शुक्रवार दिउँसोसम्म बाढी, पहिराे र डुबानमा परि एक सय ११ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ ।
बाढी, पहिरोमा परि प्रदेश १ मा ६५ जना, सुदूरपश्चिममा ३२ जना, कर्णालीमा सात जना, लुम्बिनीमा चार जना, गण्डकीमा दुई जना र वाग्मतीमा एक जनाको ज्यान गएको हो ।
यस्तै बाढी, पहिरोमा परी ३७ जना बेपत्ता छन् । सुदूरपश्चिममा २३ जना, प्रदेश १ मा ११ जना र प्रदेश २, लुम्बिनी, कर्णालीमा एक/एक जना बेपत्ता रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रदेश १ मा २१ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा चार जना गरी ४२ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।
बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । गएकाे शनिवार रातिदेखिको वर्षाका कारण एक हजार एक सय ८८ घर परिवार विस्थापित भएका प्रहरीको तथ्याङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।