प्रारम्भिक विवरण : बेमौसमी वर्षाले तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिक टन धानमा क्षति

 कात्तिक ५, २०७८ शुक्रबार १७:४७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा दुई लाख ५८ हजार मेट्रिक टन धानमा क्षति भएको छ । झन्डै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरणमा ६७ हजार नाै सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । वर्षाका कारण एक लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई असर मात्रै पुर्‍याएकाे कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । उहाँका अनुसार यो प्रारम्भिक अनुमान मात्रै हो ।

लुम्बिनीका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा क्षति धेरै छ । लुम्बिनीमा ४२ हजार चार सय २७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । लुम्बिनीमा मात्रै चार अर्ब ५१ करोड रुपैयाँभन्दा धेरैको एक लाख ६१ हजार दुई सय २३ मेट्रिक टन धानमा क्षति पुगेको छ ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा वर्षाले धेरै असर पारेको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश १ को झापा, सुनसरी र मोरङमा धेरै असर परेकाे छ । सातै वटै प्रदेशमा असर पुगेको र विवरण सङ्कलनकै क्रममा रहेको प्रवक्ता सञ्जेलले बताउनुभयो । पूर्वदेखि पश्चिमसम्म नै वर्षाले क्षति गरेको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान झन्डै पाँच प्रतिशत रहेको छ । धानबालीमा भएको क्षतिले राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर पार्ने कृषि अर्थविज्ञले बताउँदै आएका छन् । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया