नामिबिया टी–२० विश्व कपकाे 'सुपर १२' मा, आयरल्यान्ड बाहिरियाे

 कात्तिक ५, २०७८ शुक्रबार १९:४१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नामिबिया आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । आज शुक्रवार भएकाे महत्त्वपूर्ण खेलमा आयरल्यान्डलाई आठ विकेटले हराउँदै नामिबियाले अघिल्लो चरणको यात्रा पक्का गरेको हो । आयरल्यान्ड भने प्रतियाेगिताबाट नै बाहिरिएकाे छ । 

आज दुबईकाे शारजाह क्रिकेट मैदानमा आयरल्यान्डले दिएकाे एक सय २६ रनकाे सामान्य लक्ष्य नामिबियाले दुई विकेट गुमाएर नाै बलअघि नै भेटाएकाे हाे । नामिबियाका लागि कप्तान गेरहार्ड इरासमसले अविजित ५३ रन बनाए । त्यस्तै डेभिड विसले १४ बलमा अविजित २८ रन बनाए । बलिङतर्फ आयरल्यान्डका कर्टिस क्याम्फेरले दुई विकेट लिए ।   

यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनायो । आयरल्यान्डका लागि पल स्टर्लिङले ३८, केभिन ओ ब्रेनले २५ र कप्तान एन्ड्रियु बालबिरनीले २१ रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्क जाेड्न सकेनन् । बलिङतर्फ नामिबियाका जान फ्रायलिङकले तीन र डेभिड विसले दुई विकेट लिए ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया