१० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा दिने भीम रावलकाे घाेषणा

 कात्तिक ५, २०७८ शुक्रबार १९:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि गठित कार्यदलबाट राजीनामा दिने घाेषणा गर्नुभएकाे छ । आज शुक्रवार ललितपुरकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकपछि नेता रावलले कार्यदलको सदस्यसमेत नरहने गरी राजीनामा दिने घोषणा गरेकाे बताउनुभयो । 

उपाध्यक्ष रावलले पार्टीको विधि, प्रक्रिया र निर्णय विपरीत दुई जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेकोमा पनि फरक मत राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘कार्यदलमाथि नै प्रश्न उठ्ने गरी कुराकानी भएकाले मैले कार्यदलको संयोजक र त्यसको सदस्यसमेत नरहने गरी राजीनामा दिने त्यहीँ घोषणा गरेको छु । र म यो राजीनामा सम्बन्धमा मैले बैठकमा के पनि भनेको छु भने म व्यवस्थित रूपमा भोलि शनिवार राजीनामा पठाउँछु भनेर जानकारी पनि गराएको छु । त्यसको साथसाथै जुन हाम्रो १० बुँदे सहमति थियो, अपानी १२ थियो । त्यो अपानी १२ ले १० प्रतिशत केन्द्रीय सदस्यहरूको मनोनयन गर्ने र तत्सम्बन्धमा कार्यदलले गृहकार्य गर्ने भनेर निर्णय गरेको थियो र त्यो निर्देशनतर्फ कुनै ध्यान नदिने तर उहाँले दुई जना केन्द्रीय सदस्य मनोनयन गर्ने, प्रभु साहजीको समस्या समाधान गर्ने भन्ने कुरा ल्याउनु भएकाले त्यसप्रति पनि मेरा विमति छ । पार्टीको अपानी पद्धति, प्रक्रिया र निर्णय विपरीत भएकाले आफूले फरक मत राखेका हुँ ।’  

यस्तै नेकपा एमालेले यही कात्तिक १२ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि एक सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया