इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका विकासले च्यासलबाट खेल्ने

 कात्तिक ५, २०७८ शुक्रबार २०:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

आज (शुक्रवार) च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध गरेको जानकारी गराएको हो । सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जर्सीमा ए डिभिजन लिग खेल्ने भएका हुन् । विकासले च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका हुन् ।

नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । च्यासलले विदेशी खेलाडीका रूपमा विकासलाई अनुबन्ध गरेको हो । विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउनेछन् । च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको बताए ।

 १८ वर्षीय विकासले इटालीको यू–१६ राष्ट्रिय टाेलीबाट खेलिसकेका छन् । विकास इटलीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् । यस्तै विकासले भेनेजिया फुटबल क्लबको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन् ।

सन् २००८ मा ६ वर्षको उमेरमा इटली पुगेका विकास १३ वर्षपछि नेपाल लिग खेल्न आएका हुन् ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया