पोखरा गोल्डकपको २४ औं संस्करण : उद्घाटन खेलमा आयोजक सहारा र ...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीमा रहेको १ सय ३२ केभी सबस्टेशन सञ्चालनमा आएको छ । डुबानका कारण गएको मङ्गलवार राति साढे ८ बजेदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर अस्तिदेखि सञ्चालनमा आएको हो ।
दुहबी सबस्टेशनबाट निकालिएको लाइन चार्ज गरेर त्यस क्षेत्रमा अहिले विद्युत् आपूर्ति पनि सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिनुभयो । प्रदेश-१ का जिल्लाहरुमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत् आपूर्ति बन्द भएको थियो ।
सबस्टेशन सञ्चालनमा आएसँगै अहिले धेरै ठाउँको विद्युत् आपूर्ति सुरु भइसकेको छ । उपकरणमा ठूलो क्षति नभएकाले सुरक्षात्मक उपाय अपनाएर सबस्टेशन चार्ज गर्न सफल भएको उहाँले बताउनुभयो । यस्तै रुख ढलेका कारण बन्द भएको कैलालीमा रहेको अत्तरिया चमेलिया १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ ।
यो प्रसारण लाइन सञ्चालनमा आएपछि धेरैजसो सुदूरपश्चिमका पहाडी क्षेत्रमा बन्द भएको विद्युत् आपूर्ति सुरु भएकाे छ । देशभर बन्द भएका झण्डै दुई सय मेगावाट विद्युत् प्रसारणमा विच्छेद भएकामा धेरैजसो सञ्चालनमा आइसकेका प्राधिकरणका प्रवक्ता भट्टराईले बताउनुभयो । अब केही ठाउँहरुमा मात्र विद्युत् विच्छेद भएको उहाँले बताउनुभयो ।
विद्युत् विच्छेद भएका ठाउँमध्ये कतिपयमा मर्मतको काम भइरहेको र कतिपय ठाउँमा भने कठिनाइ भएको उहाँको भनाइ छ । भौगोलिक कठिनाइ, बाटोको समस्या लगायतका कारणले सबै ठाउँमा छिटो विद्युत् सेवा आपूर्ति गर्न नसकिएको भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार कतिपय ठाउँमा पोल बगाएको छ, कतिपय ठाउँमा उत्पादन स्थलमा क्षति पुगेको छ भने कतिपय ठाउँमा बाढी र पहिरोले बाटो नै बगाएकाले सम्बन्धित ठाउँमा पुग्न समस्या भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।