टी–२० विश्वकप क्रिकेटमा आजदेखि 'सुपर १२' का खेल हुने

 कात्तिक ६, २०७८ शनिबार ११:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि 'सुपर १२' का खेल सुरु हुँदैछन् ।

पहिलो चरणको खेल सकिएपछि चार टिम 'सुपर १२' मा प्रवेश गरेका छन् । 'सुपर १२' मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।

'सुपर १२' को समूह एक अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे यूएईको आबुधाबीमा सुरु हुनेछ । यस्तै समूह एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इङ्ग्ल्यान्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया