झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको वडास्तरका अधिवेशन सुरु भएको छ । केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गर्नुभएकाे हाे ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन हुँदैछ । बाढीपहिरो प्रभावित जिल्लामा भने आज एमालेको वडा अधिवेशन हुने छैन । वडा अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले बाढी पहिरो डुबान पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पीडितलाई राहत र विस्थापितको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
साथै उहाँले पार्टी विभाजनबाट विरोधी गतिविधि गर्नेहरु बहिर्गमन भएको र यसले पार्टीमा सकारात्मक प्रभाव परेको टिप्पणी गर्नुभएको छ । ओलीले अहिलेको सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाउनुभएको छ ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।