पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ६ हजार नौ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख आठ हजार पाँच सय ३४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९३ हजार नौ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आठ सय १७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ सय ३० जना पुगेको छ । थप आठ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ४५ जना पुगेको छ । अहिले १० हजार पाँच सय ५९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ६८ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६५ लाख ९८ हजार पाँच सय ३० जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ८६ लाख पाँच हजार ५५ जना पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।