इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । सारजाहमा आज भारत र पाकिस्तान तथा बङ्ग्लादेश र श्रीलङ्काबीच खेल हुने छ ।
भारत र पाकिस्तानबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । भने श्रीलङ्का बङ्ग्लादेश दिउँसो पौने ४ बजे खेल्नेछन् ।
भारत र पाकिस्तानबीच लामो समयबाट राजनीतिक तनाव रहँदै आएको छ । जसको असर खेल क्षेत्रमा समेत देखिने गरेको छ । भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ ।
सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।