प्रदेश-१ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

 कात्तिक ७, २०७८ आइतबार १२:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अस्ति शुक्रवार प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।

यो प्रस्तावमाथि आज दिउँसो बस्ने बैठकमा छलफल गरी मतदान हुन लागेको हो । प्रस्तावमाथि छलफल र मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले अहिले दिउँसो साढे १२ बजे हिउँदे अधिवेशनको बैठक बोलाउनु भएको छ । गएको भदौ महिनामा मुख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसँगै धरापमा परेको छ ।

प्रदेश सभामा आवश्यक बहुमत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्दछ । नेकपा एमाले विभाजनसँगै १० जना सांसद एकीकृत समाजवादीमा गएपछि एमालेसँग ४१ जना सांसद बाँकी छन् । एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना कम छ ।

प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन् । नेपाली कांग्रेस २१, नेकपा माओवादी १५, नेकपा एस १०, जसपा ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १/१ जना प्रदेश सभा सदस्य छन् । आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया