बेमाैसमी वर्षा : बाढी, पहिराेले सडकमा १ अर्ब ५ कराेड रुपैयाँभन्दा धेरैकाे क्षति

 कात्तिक ७, २०७८ आइतबार १५:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले सडकमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैको क्षति भएको सडक विभागले जनाएको छ । 

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताउनुभयो । 

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा महानिर्देशक थापाले यो प्रारम्भिक विवरण रहेको र क्षति अझै बढ्न सक्ने बताउनुभयो ।

वर्षाले १८ वटा सडकको दुई सय ४४ ठाउँमा बन्द भएको र तीमध्ये मनाङ, बाजुरा, बझाङ लगायतका ठाउँका सडक खुल्न बाँकी रहेको सडक विभागले जनाएको छ । मनाङमा सडक खुल्न अझै दुई/तीन दिन लाग्ने र बझाङमा अझै केही समय लाग्ने विभागले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Shyam

    Oct. 24, 2021, 5 p.m.

    नीति निर्माता हरूले आफ्नो जिम्मेवारी कहिले देखाउने....नेपाल को भोगोलिक स्थिति शीत कुन चाहिन ब्यूरो क्रत्स अन्जान छन र..यस्ता विद्वान साथिहरूले जाबो 5-10 बर्श को पनि दुरदर्शिता देखायेर प्लन्निङ गर्न सक्दैनन् र। बर्सेनि बजेट मा भाग मात्रै खोज्ने प्रबृत्ति कहिले खतम होला। दोष जति अरू माथी वा प्रकृति माथी।। जय होस यस्ता ब्युरोक्रात्स हरू र हाम्रा नेता हरूको जस्को असीम अनुकम्पा यिनिहरू माथी हुन्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया