प्रदेश १ सभा बैठक कत्तिक १५ गतेसम्मका लागि स्थगित

 कात्तिक ७, २०७८ आइतबार १४:५६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश १ को प्रदेश सभा बैठक आउँदो कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेश सभा सचिवालयले आज आइतवार सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिँदै कात्तिक १५ गते दिउँसो साढे १२ बजे बस्ने जानकारी गराएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठकको मिति सार्न लिखित अनुरोध गरेका कारण बैठक सारिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया