एसियन कप छनोटमा राम्रो नतिजाका लागि तयार छौँ : मुख्य प्रशिक्षक महर्जन

 कात्तिक ७, २०७८ आइतबार १७:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा राम्रो नतिजा निकाल्न टोली तयार रहेको बताएका छन् । 

ताजिकिस्तानमा आज आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले विपक्षी टोली राम्रो भए पनि आफूहरूले राम्राे नतिजाका लागि सक्दो प्रयास गर्ने बताएका हुन् । साफ च्याम्पियनशिपका कारण टोलीले पर्याप्त तयारी गर्न नसकेको उनको भनाइ छ । 

कप्तान तथा गोलकीपर अर्पण कार्कीले अहिलेसम्मको तयारी राम्रो रहेको र प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् ।

छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा भोलि मङ्गलवार इरानसँग खेल्दैछ ।

यसअघि गएकाे शुक्रवार नेपाली टोलीले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल इन्डोनेसियासँग दुई–शून्यले पराजित भएको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया