पोखरा गोल्डकपको २४ औं संस्करण : उद्घाटन खेलमा आयोजक सहारा र ...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाउनुभएको छ ।
हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थ मन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोशसमेत व्यक्त गर्नुभयो ।
सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आज आइतवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले कर्णाली प्रदेशमा बाढी, पहिरोको कारण ठूलो अन्नबाली नष्ट हुँदा स्थलगत अवलोकनका लागि नजाने प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भने आफ्नो निर्वाचन क्षेत्र भएर गएको गम्भीर आरोपसमेत लगाउनुभयो । सांसद महतले कर्णाली प्रदेशका पनि मान्छे हुन् भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्री देउवालाई चेतावनीसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बाढी–पहिरोले क्षति भयो, पश्चिममा प्रधानमन्त्री पुग्नुभयो । आफ्नो क्षेत्र भएको हो कि, अथवा आफ्नो पार्टीले बोलाएर हो कि ? कर्णाली का त मान्छे होइनन् । कर्णालीमा जानुपर्दैन क्या हो ? कर्णाली कस्तो अवस्थामा छ ? त्यहाँ कति खाद्यान्न नष्ट भयो, त्यहाँ पनि मान्छे बस्छन् । त्यहाँ पनि विद्यालय छ । त्यहाँ विद्यालय बगाएको छ । त्यहाँ धानखेती यति चौपट भएको छ, मार्सी धानको बिउ पाउन मुस्किल भइसक्यो । त्यहाँ पनि मान्छे बस्छन् । प्रधानमन्त्रीलाई, अर्थ मन्त्रीलाई मैले भनेँ– काठमाण्डाै गएर सल्लाह गरौँला रे । त्यहाँ गएर सान्त्वना दिएर आउँदा भइहाल्थ्यो नि । कर्णालीमा नागरिक नै छैनन् क्या हो ? खालि पश्चिम, प्रधानमन्त्री जहाँ छ त्यहाँ मात्रै मान्छे बस्छन् ? त्यहाँको मात्रै दुःख, पीडा हो ? अरूको पीडा छैन ?’
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले बाढी, पहिरोबाट बन्द सडक तत्काल खुलाउन सरकारसँग माग गर्नुभयो । उहाँले मनाङ, बाजुरा र बझाङ जिल्लाको यातायात ठप्प भएकाले त्यसलाई तत्काल सुरु गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराउनुभयो ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आठ/दश दिनभित्र बाढी, पहिरोले बन्द सबै सडक सुरु गराउने प्रतिबद्धता जनाउनुभयो । मन्त्री यादवले बन्द सडक खुलाउनका लागि छुट्टै संयन्त्रको आवश्यकता रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।