कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भि...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ काे आज भएकाे पहिलाे खेलमा श्रीलङ्काले बङ्गलादेशलाई पाँच विकेटले हराएकाे छ ।
शारजाह क्रिकेट मैदानमा बङ्गलादेशले दिएकाे एक सय ७२ रनकाे लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर सात बलअघि नै भेटायाे । श्रीलङ्काका लागि चरिता असलङ्काले अविजित ८० रन बनाए । यस्तै भानुका राजपाक्क्षाले ५३ रन बनाए । बलिङतर्फ बङ्गलाका नसुम अहमद र शाकिब अल हसनले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले २० ओभरमा चार विकेट गुमाएर एक सय ७१ रन बनायाे । बङ्गलादेशका लागि माेहम्मद नइमले ६२ रन बनाए । त्यस्तै मुशफीकर रहीमले अविजित ५७ रन बनाए । बलिङतर्फ श्रीलङ्काका चमिका करुनारत्ने, विनुरा फर्नान्डाे र लाहिरु कुमाराले एक–एक विकेट लिए ।
आज नै दाेस्राे खेलमा भारत र पाकिस्तानबीच खेल हुँदैछ ।