एएफसी यू–२३ छनोट : नेपाल इरानसँग ४–० ले पराजित

 कात्तिक ८, २०७८ सोमबार १९:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल इरानसँग पराजित भएको छ । 

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा आज भएको खेलमा नेपाल चार–शून्य गाेल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा चार गोल खाएको हो ।

यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यति बेला नेपाल पाँच–शून्य गाेल अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरान, ताजिकिस्तान र लेबनान छन् । आजको जितपछि इरानले तीन अङ्क जोडेको छ । नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीवार खेल्नेछ भने आइतवार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले २३ वर्षमुनिको एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनिको एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया