‘काठमाण्डाै उपत्यकाका सरकारी कार्यालयमा बिजुली गाडी खरिद गर्ने नीति ल्याएका छाैँ’

 कात्तिक ९, २०७८ मंगलबार २०:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतीय गाडीलाई सरकारले बढवा दिने बताउनुभएको छ । 

आज मङ्गलवार काठमाण्डाैमा महिन्द्रा कम्पनीकाे आठ लाख ४० हजारको विद्युतीय अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढवा दिने बताउनुभएको हो । उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय गाडीसहित विद्युतीय सामानहरू बढाउने रहेको बताउनुभयो । 

मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय गाडीले सहयोग गर्ने पनि स्पष्ट पार्नुभयो । विद्युतीय गाडीले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उहाँले विद्युतीय गाडीलाई बढवा दिन अब काठमाण्डाै उपत्यकाका सरकारी कार्यालयहरूमा र उपत्यकामा सबै विद्युतीय गाडी खरिद गर्ने नीति सरकारले ल्याएको बताउनुभयो ।

मन्त्री भुसालले सरकार विद्युतीय गाडीलाई स्थापित गर्न सहुलितयका लागि तयार रहेको बताउनुभयो । उहाँले आउँदाे मङ्सिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरूलाई निःशुल्क दिने, घरेलु खपत घटेकाे महसुल र सिँचाइमा घटेको महसुल लागू हुने बताउनुभयो ।  

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया