टी–२० विश्व कप : दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हरायाे

 कात्तिक ९, २०७८ मंगलबार १९:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप अन्तर्गत 'सुपर १२' काे खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएकाे छ । आज दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएकाे हाे । 

वेस्ट इन्डिजले दिएकाे एक सय ४४ रनकाे लक्ष्य दक्षिण अफ्रिकाले मात्र दुई विकेट गुमाएर आठ बल अघि नै भेटायाे । दक्षिण अफ्रिकाका लागि एडम मारक्रमले अविजित ५१ रन बनाए । त्यस्तै रसी भान डेर डसेनले अविजित ४३ र रेजा हेन्ड्रिक्सले ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अकेल हुसेनले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनायाे । वेस्ट इन्डिजका लागि इभिन लुइसले ५६ र कायरन पाेलार्डले २६ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका ड्वेन प्रिटरियसले तीन, केशव महाराजले दुई, कागिसाे रबाडा र एनरिच नाेकियाले एक/एक विकेट लिए ।  

आजकाे जितसँगै दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्क बटुल्दै अङ्क तालिकाकाे चाैथाै स्थानमा उक्लिएकाे छ । दुई खेलमा दुई खेल नै हारेकाे वेस्ट इन्डिज भने तालिकाकाे पुछारमा छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया