एमालेको पालिका अधिवेशन : केही ठाउँमा नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

 कात्तिक १०, २०७८ बुधबार ८:३३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत हिजो सर्वसम्मत नभएका ठाउँमा आज नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्र बाहेक अरु ठाउँमा हिजो एकैदिन पालिका अधिवेशन सक्ने भनिए पनि केही पालिकामा मात्र सर्वसम्मति भएको छ ।

सर्वसम्मति नभएका ठाउँमा आज थप सहमति गरेर नेतृत्व चयन हुने एमाले केन्द्रीय कार्यालय  सचिव शेरबहादुर तामाङले बताउनुभयो । सकेसम्म देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोसिस हुने उहाँले बताउनुभयो । नेता–कार्यकर्ताबीचको हार–जितले पार्टी एकता मजबुत नबनाउने भएकाले सकेसम्म सर्वसम्मतिमा जोड दिएको तामाङले बताउनुभयो ।

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आउँदो सोमबारसम्ममा पालिका र वडा अधिवेशन गर्ने एमालेको तयारी छ । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया