यू–१९ महिला एशिया कप : भारतसँगकाे खेलमा नेपाल टस हारेर ब्य...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन गरेको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठक र असोज २१ गतेको स्थायी कमिटीले गरेको निर्णय अनुसार माधवकुमार नेपालले अध्यक्षसहित समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । मुकुन्द न्यौपाने तेस्रो वरीयतामा हुनुहुन्छ । उहाँले उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।
प्रदीप नेपाल पार्टीका प्रतिष्ठानहरूको इन्चार्ज तोकिनुभएको छ । त्यसैगरी, उपाध्यक्ष राजेन्द्र पाण्डे राजकीय मामिला विभाग प्रमुख तथा वाग्मती प्रदेशको संसदीय दलको नेता, प्रमेश हमाल स्कूल विभाग प्रमुख र बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख तोकिनुभएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्ताे छ कार्य विभाजन ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।