टी–२० विश्व कप : इङ्ग्ल्यान्डकाे लगातार दाेस्राे जित, बङ्गलादेशकाे लगातार दाेस्राे हार

 कात्तिक १०, २०७८ बुधबार १९:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ काे आज बुधवार भएकाे खेलमा इङ्ग्ल्यान्डले बङ्गलादेशलाई हराएकाे छ ।

आबुधाबीमा बङ्गलादेशले दिएकाे एक सय २५ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले मात्र दुई विकेट गुमाएर १४ ओभर १ बलमा भेटायाे । इङ्ग्ल्यान्डका लागि जेसन राेयले ६१ रन बनाए । त्यस्तै डेभिड मलनले अविजित २८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाेरिफुल इस्लाम र नसुम अहमदले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले २० ओभरमा नाै विकेट गुमाएर एक सय २४ रन बनायाे । बङ्गलादेशका लागि कप्तान मुशफिकर रहिमले २९ रन बनाउँदा नसुम अहमदले नाै बलमा अविजित १९ रन बनाए । बलिङतर्फ इङ्ग्लयान्डका ट्यामल मिल्सले तीन, माेइन अली र लायम लिभिङस्टाेनले दुई/दुई विकेट लिए । 

आजकाे जितसँगै इङ्ग्ल्यान्ड दुई खेलमा चार अङ्क बटुल्दै अङ्क तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । बङ्गलादेश भने दुई खेलमा नै अङ्कविहीन छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया