एएफसी यू–२३ छनोटकाे दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

 कात्तिक ११, २०७८ बिहिबार ८:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल  र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ ।  आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ ।

नेपाल  पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया