निमाेनिया देखिएपछि मन्त्री झाँक्री अस्पताल भर्ना

 कात्तिक ११, २०७८ बिहिबार १३:२४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई हिजाे बुधवार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो । 

सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री गएकाे सोमवारदेखि नै मन्त्रालय जानुभएको थिएन, सहयोगी तामाङले भन्नुभयो, हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ । 

मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको सहयाेगी तामाङले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक १५, २०७८

तपाईको प्रतिक्रिया