'इनर्जाइज–नेपाल' कार्यक्रममा हस्ताक्षर

 कात्तिक ११, २०७८ बिहीबार १५:१८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै विश्वविद्यालयका उपकुलपति प्रा. डा. भाेला थापा र काठमाण्डाैमा रहेकाे राेयल नर्वेजियन राजदूतावासकी राजदूत टाेरुन ड्रामडलले एक सम्झाैता गर्नुभएकाे छ ।  

विश्वविद्यालयका उपकुलपति थापा र राजदूत ड्रामडलले 'इनर्जाइज–नेपाल' कार्यक्रमका लागि ३९ महिनाको समयावधि र २३.५४७ एमएनओके (३० करोड ६० लाख रुपैयाँ) को थप कोषसहितको परिशिष्ट १ मा हस्ताक्षर गर्नुभएकाे हाे ।  

यस सम्झाैताले थप १२ प्रतिस्पर्धी अनुसन्धान परियोजना र १० नयाँ व्यापार विचारमा कोष जुटाउने अपेक्षा गरिएको छ । यो कोषले नेपाल र यस क्षेत्रमा संस्थान-उद्योग साझेदारी सुनिश्चित गर्दै अनुसन्धान संस्कृतिको उत्थान गर्न सहायक हुने बताइएकाे छ ।  

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया