पोखरा गोल्डकपको २४ औं संस्करण : उद्घाटन खेलमा आयोजक सहारा र ...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनिया विरुद्धको खोप दिइने भएको छ । ७४ वर्षदेखि माथि उमेरका नागरिकलाई पर्सि आइतवारदेखि बुधवारसम्म पहिलो चरणको खोप दिइने भएको हाे ।
जाडो बढेसँगै चिसोबाट जोगाउन यस उमेर समूहका नागरिकलाई निमाेनिया विरुद्धको खोप दिन लागिएकाे महानगरपालिकाले जनाएकाे छ। महानगरपालिकाले खाेप लगाउन आउने जेष्ठ नागरिकलाई उमेर खुल्ने परिचय पत्र लिएर आउन आग्रह गरेकाे छ ।
दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा खाेप दिइने भएकाे छ । पहिलो दिन खोप सात वडा अर्थात १ देखि ५ हुँदै २८ र २९ मा दिइने भएकाे छ ।
यसैगरी सोमवार ललितपुरको आठवटा वडा अर्थात ६ देखि १३ का ज्येष्ठ नागरिकलाई दिनुका साथै मङ्गलवार सात वडा अर्थात १४ देखि २० र अन्तिम दिन बुधवार सात वडा अर्थात २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
महानगरपालिकाले २९ वडामा चार दिन खोप दिने भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।