ओली बालुवाटाबाट बालकाेट जानु भनेकाे ठूलाे हार हाे : प्रचण्ड

 कात्तिक १२, २०७८ शुक्रबार १४:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको छ । 

आज शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको हो । उहाँले ओली प्रवृत्ति नेपाल र नेपाली नागरिकका लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभयो । 

अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु भनेको ठूलो पराजय भएको बताउनुभयो । अध्यक्ष दाहालले मातम (शोक) छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाउनुभयो । उहाँले ओली प्रवृत्तिलाई मलामी जाँदा हाँस्ने प्रवृत्ति भएको तर्क गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘ओली प्रवृत्ति भनेको एउटा निरङ्कुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो । नेपाल र नेपाली नागरिकका निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भयो, स्थापित भएपछि ओली बालुवाटारबाट बालकोट जानुपर्ने बाध्यता आइलाग्यो, तर विचित्रको प्रवृत्ति भएको हुनाले बालुवाटारबाट बालकोट जानु भनेको वास्तवमा ठूलो पराजय हो, मातम छाएको हो, त्यो नदेखाउन, बाजा बजाएर मलामी जाँदा नाच्दै गाउँदै गए, कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो ।’

अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताउनुभयो । समाज र देश विकासका लागि वाम गठबन्धन भए पनि त्योअनुसार काम हुन नसकेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवनबाट चुनावमा प्रतिस्पर्धा गर्दै गर्दा र पार्टीको तर्फबाट यहाँको नागरिकलाई सम्बोधन गर्दै गर्दा, सकारात्मक परिस्थिति थियो । संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यका साथ वाम गठबन्धनबाट चुनाव लडिएको थियो, कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरूमा नागरिकबाट प्राप्त भएको थियो ।’

अध्यक्ष दाहालले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रस्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाउनुभयो ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया