ए डिभिजन : उद्घाटनमा सातदाेबाटाे र फ्रेन्ड्स खेल्ने

 कात्तिक १२, २०७८ शुक्रबार २०:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे कात्तिक २९ गतेदेखि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्ने भएका छन् । 

ललितपुरमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा आज शुक्रवार भएको तालिका सार्वजनिक कार्यक्रमबाट फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल हुने टुङ्गो लागेको हो । उद्घाटन खेल त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा कात्तिक २९ गते बेलुकी ५ बजे हुनेछ ।

पहिलो चरणका अन्य खेल दशरथ रङ्गशाला र एन्फा दुवै मैदानमा हुने आयोजक एन्फाले जानकारी दियो । दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछन् भने दिउँसो ३ बजेको खेल दशरथ रङ्गशालामा हुने आयोजकले जनाएको छ । 

लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलमा रहेकाे टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रङ्गशालामा हुन सक्ने एन्फाले जनाएको छ ।

एन्फाले अहिलेलाई सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिको तालिका सार्वजनिक भए पनि खेल स्थल भने तोकिएको छैन ।

फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।

लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । यस्तै उदीयमान खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया