टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानकाे लगातार तेस्रो जित

 कात्तिक १३, २०७८ शनिबार ६:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ ।

यूएईमा गएराति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तेस्रो जित निकालेको हो ।

अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै आसिफ अलीले ७ बलमा अविजित रहँदै २५ रन बनाए भने फखर जमानले २० रन जोडे । सोयब मलिकले १९ रन बनाउँदा मोहम्मद हाफिजले १० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७  रन बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजित रहे । 

 यस्तै नाजिब उल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए भने अस्घर अफगान र रहमान उल्लाह गुरुबाजले १०/१० रन बनाए।

यसअघि  सुपर-१२ काे पहिलाे खेलमा पाकिस्तानले भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराएकाे थियाे। 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया