काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई चार विकेटले हराएको छ ।
यूएईको शारजाहमा श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ बल बाँकी छँदै भेट्टायो ।
दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १५ रन चाहिएकोमा डेभिड मिलरले २० औँ ओभरको दोस्रो र तेस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जिताए । श्रीलंकाका बानिन्दु हसरंगाले ह्याट्रिक विकेट लिए ।
यस्तै दुश्मन्था चमिराले दुई विकेट लिए । आजको हारसँगै श्रीलंकालाई सेमिफाइनल पुग्न मुश्किल देखिएको छ । दक्षिण अफ्रिका भने चार अंकका साथ तेस्रो स्थानमा पुगेको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा अलआउट हुँदै एक सय ४२ रन बनायो । उसका लागि पथुम निशंकाले सर्वाधिक ७२ रन बनाए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्सी र डवाइन प्रेटोरियसले तीन/तीन विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।