राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी नेपाल आइपुगे

 कात्तिक १४, २०७८ आइतबार ८:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार पुगेका अलमुताइरी हिजो बेलुका काठमाण्डौ आएका हुन् ।

अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए । अलमुताइरीले विमानस्थलमा नेपाल फर्किन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फासँगको छलफलपछि तीन वर्ष सम्झौता गर्नेबारे सहमति भएको छ ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा सहभागी भएको थियो । पहिलो पटक साफमा फाइनल पुगेको नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया