टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

 कात्तिक १४, २०७८ आइतबार ९:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् ।

अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् ।

दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजिल्यान्ड यसअघिको खेलमा पाकिस्तानसँग पराजित भएका थिए । पाकिस्तानले भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । भारत र न्युजिल्यान्डबीच यसअघि १६ वटा टी–२० भएकोमा ८/८ खेलमा विजयी भएका छन् ।

सुपर १२ को समूह दुईमा पाकिस्तान ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । अङ्कविहीन रहेका न्युजिल्यान्ड चौथो, भारत पाँचौँ र स्कटल्यान्ड पुछारमा छन् ।
 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया