टी–२० विश्व कप : अफगानिस्तानले नामिबियालाई ६२ रनले हरायाे

 कात्तिक १४, २०७८ आइतबार १९:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा अफगानिस्तानले नामिबियालाई ६२ रनले हराएको छ ।

आबुधाबीमा अफगानिस्तानले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको नामिबिया नौ विकेट गुमाएर ९८ रनमा समेटियो । उसका लागि डेभिड वाइजले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नभीन–उल–हक र हमिद हसनले तीन/तीन विकेट लिए

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६० रन बनायो । उसका लागि मोहम्मद शेहजादले ४५, हजरतुल्लाह जाजाईले ३३ र कप्तान मोहम्मद नाबीले नटआउट ३२ रन बनाए । बलिङतर्फ नामिबियाका लाेफ्टी एटन र रुबेन ट्रमप्लेमानले दुई/दुई विकेट लिए । 

नामिबियाको दुई खेलमा दुई अङ्क मात्रै छ । अफगानिस्तान भने तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । यो समूहकाे पाकिस्तान ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया