भोजपुर अदालतमा बयान दिँदै विप्लवका प्रवक्ता प्रकाण्ड

 भदौ २०, २०७५ बुधबार १३:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – नेत्रविक्रम चन्द ’विप्लव’ प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ लाई मंगलबार बयानका लागि जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ । ‘प्रकाण्ड’माथि जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणीराम पोखरेलले बताउनुभयो ।

प्रकाण्डलाई बुधबार विहान करिब साढे ११ बजे बयानका लागि जिल्ला प्रहरी कार्यालयबाट अदालतमा लगिएको हो । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राति सवा ११ बजे भोजपुर ल्याइएको थियो ।

ज्यान मार्ने उद्योग र विष्फोट पदार्थ मुद्दा अन्तर्गत गएकाे २८ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तात्कालिन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको थियो । 

विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते हुनुभभएको थियो । राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । विष्फोटपछि असई देवकोटाले २१ राउण्ड जवाफी फाईरिङ समेत गर्नुभएको थियो । 

भोजपुरबाट निर्वाचित राई हाल प्रदेश १ का मुख्यमन्त्री छन् । यसअघि ‘विप्लव’ समूहले विष्फोट गराएको प्रहरीले बताउँदै आएको थियो । यही घटनालाई लिएर ‘प्रकाण्ड’ सहित विप्लवका नेता कार्यकर्ता विरुद्ध अदालतमा मुद्धा दर्ता भएको हो । 

यसअघि उहाँलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उहाँसहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जटिल कार्की

    Sept. 5, 2018, 1:30 p.m.

    गणतान्त्रिक देस मा राजनीति आस्था कै आधारमा र सरकारलाई खबरदारी गरेकै आधारमा जथाभावी गिरफ्तार गर्ने र सम्मानित सर्बोच्च अदालत ले पटक पटक रिहा गर्ने आदेस दिदा पनि पुन प्रहरी प्रसासन परिचालन गरि धरपकद गर्नु गलत हो।साहेद यसरी नै यो सरकारले आफ्ना गतिविधि बढाउने काम गरे यसको नि दिन गन्ती सुरु हुने छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया