सप्तरी : तलब नपाएकाे भन्दै छिन्नमस्ता गाउँपालिकाका शिक्षकलगायत कर्मचारी आन्दाेलनमा

 कात्तिक १७, २०७८ बुधबार ८:४५:२० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकाका शिक्षक/कर्मचारीले तलब पाउन सकेका छैनन् ।

विद्यालयमा कार्यरत शिक्षकलाई असारयता र अरु कर्मचारीले सात महिनादेखि तलब पाउन नसकेको गुनासो छ । तलब तत्काल पाउनुपर्ने माग राखेर झण्डै दुई सय शिक्षक/कर्मचारीले गाउँपालिकाकाे कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

गाउँपालिका अन्तर्गत रहेका विद्यालयका शिक्षक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, कृषि, पशु सेवालगायतका कर्मचारीले गाउँपालिकाकाे केन्द्र रहेको छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

आन्दोलनरत कर्मचारीमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरु समेत रहेका छन् । गाउँपालिका कार्यालयमा करारमा कार्यरत ७ जना कर्मचारीले झण्डै डेढ वर्षदेखि तलबका लागि सङ्घर्ष गरिराखेका छन् ।

जनप्रतिनिधिबीच आपसी तालमेलको अभावका कारण पछिल्लो दुई वर्षयता छिन्नमस्ता गाउँपालिकाले आफ्नो गाउँ सभा समेत गर्न सकेको छैन । 

अन्तिम अपडेट: चैत २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया