स्यालले टाेक्दा सर्लाहीकाे हरिपुरका ५ जना घाइते

 कात्तिक १७, २०७८ बुधबार २०:१४:१२ | रामबाबु खड्का
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । स्यालले मानिसलाई टाेकेपछि स्थानीयवासी त्रसित भएका छन् । 

उखु बारीबाट गाउँ पसेको स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपछि स्थानीयवासीमा त्रास बढेर गएको वडा नम्बर ८ का अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो ।

स्यालले टोकेर घाइते भएका सबै जनालाई रेबिजविरुद्धको खाेप लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । स्याल गाउँबाट हरिपुरको नहर हुँदै भागेर जङ्गल पसेको स्थानीयवासीले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया