एमसीसी पास गर्छाैँ भनेर चिठी लेखेकाे हाेइन, थप समय मागिएकाे हाे : प्रचण्ड

 कात्तिक १९, २०७८ शुक्रबार १८:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छाैँ भनेर चिठी नलेखेको बताउनुभएको छ ।

हिजो बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्छाैँ भनेर प्रचण्ड र आफूले चिठी लेखेको बताउनुभएको थियो । त्यही भनाइकाे खण्डन गर्दै अध्यक्ष प्रचण्डले पारित गर्छाैँ भनेर चिठी नलेखेको स्पष्टीकरण दिनुभएको हो ।

आफ्नै निवासमा आएको देउसी/भैलो टोलीलाई सम्बोधन गर्दै उहाँले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताउनुभयो । 

फरक प्रसङ्गमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै जाने र चुनावमा सकेसम्म तालमेल गरिने बताउनुभयो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चुनावसम्म गठबन्धन रहन्छ भन्नुभएको स्मरण गराउँदै उहाँले चुनावमा सकेसम्म तालमेल गरेर जाने बताउनुभयो ।    

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया