को हुन् अख्तियारकाे प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरे ?

 भदौ २०, २०७५ बुधबार १८:५१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - संवैधानिक परिषदको बुधबार बसेको बैठकद्वारा अख्तियारकाे प्रमुख आयुक्तमा सिफारिस गरिएका नवीनकुमार घिमिरे २०१२ साल भाद्र २८ गते काठमाडौंको सिफलमा जन्मनुभएकाे हाे ।

२०५५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सामान्य प्रशासन विषयमा स्नातकोत्तर गर्नुभएका घिमिरेको प्रमुख कार्यक्षेत्र सामान्य प्रशासन, विकास प्रशासन तथा सुरक्षा व्यवस्था हो । 

घिमिरेसँग सामान्य प्रशासन, विकास प्रशासन, सुरक्षा व्यवस्था, संरक्षण प्रशासन तथा लैंगिक क्षेत्रमा ३५ वर्षभन्दा बढी समय काम गरेको अनुभव छ । 

उहाँमा सिर्जनात्मक लेखनको अवधारण विकास गर्ने, शाब्दिक सञ्चार गर्ने क्षमताका साथै रणनितिक ज्ञान व्यवस्थापन तथा सञ्चार रणनीतिको विकास गर्ने तथा अगुवाइ गर्ने क्षमता छ । 

यसबाहेक घिमिरेमा ज्ञान, अनुभव, सूचना आदिलाई व्यवस्थापन गर्नसक्ने दक्षता छ । साथै उहाँ दिगो विकास व्यवस्थापका विविध उपायहरु तथा स्रोत व्यवस्थापनका उपायहरुको योजना तर्जुमा गर्ने, खाका बनाउने, व्यवस्थापन गर्ने तथा मूल्यांकन तथा अनुगमन गर्ने दक्षता राख्नुहुन्छ।

मुख्य दक्षता र क्षमता

सामान्य प्रशासन

नवीन घिमिरेले करिब ३ दशक सचिव, सह सचिव, महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी आदिका रुपमा प्रशासनिक उत्तरदायित्व वहन गर्नुभएकाे छ। 

घिमिरेसँग जिल्ला प्रशासनको निर्देशन तथा व्यवस्थापन गरेको, सुरक्षा निकायहरु परिचालन गरेको, विकासका कार्यहरुको सुपरिवेक्षण गरेको, सेवा प्रवाहको सुनिश्चितता गरेको तथा प्रशासनिक सुधारका क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

विकास प्रशासन अन्तर्गत घिमिरेले स्थानीय सामाजिक आर्थिक विकासमा केन्द्रित रही योजना, नीति, कार्यक्रम तथा परियोजनाहरु तयार गरेका छन् । साथै व्यवस्थापन तथा लैंगिक क्षेत्रसम्बन्धी मानव संसाधन व्यवस्थापन, अर्थ, बजेट तथा तालीमहरु सञ्चालनमा योगदान गर्नुभएकाे छ । 

त्यसबाहेक उहाँसँग प्रशासनिक क्षेत्रलाई सेवामुखी, उद्धेश्यपरक तथा विकासमा केन्द्रित भई पुनर्अभिमुखीकरण गरेको र लक्ष्य प्राप्तिका लागि निजामति कर्मचारीहरुको प्रतिभा तथा विज्ञता परिचालन गरेको अनुभव छ । 

घिमिरेले सन् १९७८ देखि विभिन्न पदमा रही राष्ट्रसेवा गर्नुभएकाे छ :

२०१२ –१३     गृह मन्त्रालय, सचिव
२००९ –१२     रक्षा मन्त्रालय, सचिव
२००८ –०९     गृह मन्त्रालयका, सह–सचिव
२००६ –०८     अध्यागमन विभाग, महानिर्देशक
२००५ –०६     प्रमुख जिल्ला अधिकारी, वीरगञ्ज
२००२ –०५     महिला विकास विभाग, महानिर्देशक
२००१ –०२     भूमिसुधार विभाग, काठमाडौैैैं, विभाग प्रमुख
२००० –०१     भूमि सूचना तथा अभिलेख विभाग, निमित्त महानिर्देशक
१९९८ –२०००  भूमिसुधार तथा व्यवस्थापन मन्त्रालय, उप सचिव
१९९७ –१९९८  निमित्त प्रमुख जिल्ला अधिकारी, काठमाडौं
१९९६ –१९९७  प्रशासन सुधार अनुगमन समिति, काठमाडौं, उप सचिव
१९९५ –१९९६  गृह मन्त्रालय, उप सचिव
१९९१ –१९९५  सिंचाइ विभाग, काठमाडौं, उप निर्देशक
१९८९ –१९९१  जिल्ला प्रशासन अधिकारी, उदयपुर र पाल्पा
१९८४ –१९८९  स्थानीय विकास अधिकारी , इलाम, मोरङ र उदयपुर
१९७८ –१९८४  लोक सेवा आयोग, काठमाडौं र पोखरा, शाखा अधिकृत

 पदक 

लामो समय निजामति सेवामा अनुभव बटुलेका घिमिरेले सुप्रवल जनसेवा श्री पदक प्राप्त गर्नुभएकाे छ । त्यस्तै राष्ट्रसेवाकै क्रममा उहाँले ३१ राष्ट्रको भ्रमण गरिसक्नुभएकाे छ।

त्यसबाहेक सन् १९९३ देखि २०१३ सम्म देश विदेशमा भएका सुरक्षा, आप्रवासन, भूमिसुधार, शहरी विकास आदि विषयका विभिन्न तालीम तथा गोष्ठीहरुमा सहभागिता जनाउनुभएकाे छ।

उहाँले निजामति सेवामा रहँदा विभिन्न देश तथा स्थानमा आयोजित राज्यको उच्चस्तरीय भ्रमण टोलीमा सहभागी भई महत्वपूर्ण अनुभव बटुल्नुभएकाे छ :

प्रकोप तयारीसम्बन्धी प्रशिक्षण,  जर्मनी,२०१३
प्रकोप सम्बोधनसम्बन्धी विश्व मञ्चको तालिम, जेनेभा, २०१३
नेपाल भारत गृह सचिवस्तरीय तालिम, काठमाडौं, २०१३
सार्कस्तरीय मन्त्री तथा सचिवस्तरीय बैठक, माल्दिभ्स, २०१३
रियो २० वातावरणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन, ब्राजिल २०१२
नेपाल भारत गृह सचिवस्तरीय बैठक, नयाँ दिल्ली ,२००८
नेपाल भारत गृह सचिवस्तरीय बैठक, काठमाडौं ,२००७
सीमा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय बैठक, नयाँ दिल्ली, २००७
महिलाको स्थितिसम्बन्धी आयोगको ४९ औं सत्र, अमेरिका, २००५
शरणार्थाी मामिलासम्बन्धी मन्त्रीस्तरीय संयुक्त समितिको बैठक, भुटान,१९९५
नेपाल चीन सीमा सुरक्षा वार्ता काठमाडौं १९९५
शरणार्थाी मामिलासम्बन्धी मन्त्रीस्तरीय संयुक्त समितिको बैठक, काठमाडौं, १९९५

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nirmal pokhrel

    Sept. 6, 2018, 8 a.m.

    Nepal traffic police one way road at sifal where his home is located without any information. According to his family suffer from demise of their once. It was so rediculous Nepal government give this unusal fine. On the date of 22-Aug-2018 by Mr R.P Archya at around of 2:00 clock Same to you and same to traffic police

  •  0 Reply

तपाईको प्रतिक्रिया