वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई विश्वसनीय ...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनयुद्ध कालमा आफ्नो छोराछोरीलाई कसरी बेलायतमा पढाउन सक्नुभयो भनेर प्रश्न गर्नुभएकाे छ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रश्न गर्नुभएकाे हाे ।
आफूहरूले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पासपाेर्ट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेलायत पढ्न पठाए हाेला ? बेलायतमा पढाउने आम्दानीको स्रोत के थियो ? अध्यक्ष ओलीको जिज्ञासा थियो ।
उहाँले भन्नुभयो, ‘बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिकता पाउन, पासपाेर्ट पाउन, सबै चिज पाउन । कसैको पासपाेर्टबाट जानुभएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताइ दिनुस् त ? तपाईँका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम दुई/चार, पाँच लाख महिनाको खर्च हुन्छ । छोराछोरीलाई कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँड्दा खेरी ?’
अध्यक्ष ओलीले आफूले सांसद भएपछि मात्रै भिसा पाएको उल्लेख गर्दै बाबुराम भट्टराईहरूले कसरी भिसा पाउने गरेको भन्दै आश्चर्य प्रकट गर्नुभयो । उहाँले गीत, कला, साहित्य सबैको माध्यमबाट आफ्ना पार्टीमाथि गरिएका गलत प्रचारको खण्डन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जय बाली साम्पङ
Nov. 7, 2021, 7:27 p.m.केपीले कहिले सत्य तथ्यमा आधारित कुरा गर्न भन्न जानेको छ र? संधै राजनैतिक फण्डा मचाउन जे मनमा आयो त्यही बोलेर लोक हसाउने त हो।
Ganesh regmi
Nov. 9, 2021, 5:54 a.m.सत्य कुरा हो ।भूमिगत हुँदा अरूको शिक्षालाई बुर्जुवा भन्दै आफ्नु छोरीलाई बेलायतमा पढाउने पैसा कसले दियो? सम्पत्ति विवरण मा चै सम्पत्ति नभएको भनेर देखाउने ।त्यतिबेला श्रमजीवी जनताबाट चन्दा उठाएर आफ्नु छोरी पढाउने तिमी कस्तो खाले श्रमजीवी नेता ?