पोखरा–काठमाण्डाै सडक यात्रा दुई घण्टाको बनाउने योजना छ : अर्थ मन्त्री शर्मा

 कात्तिक २६, २०७८ शुक्रबार २०:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – अर्थ मन्त्री जनार्दन शर्माले पोखरा–काठमाण्डाै सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाउनुभएको छ । 

पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रवार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभएको हो ।

‘पोखरा–काठमाण्डाैलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘पोखरा–काठमाण्डाै सडक मार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ ।’

कार्यक्रममा उद्योगी व्यवसायीहरूले कोभिड–१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्ने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याज दर घटाउनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Biru Shreesh

    Nov. 13, 2021, 8:18 a.m.

    अहिले को मुख्य आवश्यकता भनेको सडक स्तरउन्नती गर्दै युद्ध स्तर मा विद्धुतिय रेलमार्ग बनाउनु अनुरोध 🙏 पुर्ब पश्चिम होस या उत्तर दक्षिण । जस्ले हाम्रो देशमा उत्पादन भएको विजुली खपत गर्ने साथै पेट्रोलियम पदार्थको विस्थापित गर्ने छ । यसरी रिमिट्यान्स को बचाउ हुनेछ

  •  0 Reply

तपाईको प्रतिक्रिया