रोल्पा जीप दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

 कात्तिक २८, २०७८ आइतबार १४:५८:३७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा आज आइतवार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

माडी गाउँपालिका ६ हान्डिङबाट घर्तीगाउँ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै शहीदमार्गमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख एवम् डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा माडी–६ हान्डिङका ५१ वर्षीय चालक रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीया चौसरा विक र १८ वर्षीय लीला पुन रहेका छन् । लिलाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा ल्याउँदै गर्दा ज्यान गएकाे हाे भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएकाे हो । 

यस्तै घाइते हुनेहरूमा त्यही ठाउँकी २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । घाइतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया