साेलुखुम्बुका सुमन र धादिङकी रसिलालाई पाँचपोखरी 'विन्टर ट्रेल हाफ म्याराथन' को उपाधि

 कात्तिक २८, २०७८ आइतबार २०:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चौथो संस्करणको पाँचपोखरी 'विन्टर ट्रेल हाफ म्याराथन' को उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार दुई सय मिटर उचाइको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित २१ किलाेमिटर दुरी एक घण्टा ५५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै पहिलो भए । ​दोस्राे र तेस्राे स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई घण्टा २९ सेकेन्ड र दुई घण्टा एक मिनेट ४० सेकेन्डमा दौड पूरा गरे । चौथो र पाँचौँ स्थानमा अर्जुन कुलुङ र तीर्थ तामाङ रहे । 

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन् । उनले दुई घण्टा ४४ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरिन् । सिन्धुपाल्चोककी नितु तामाङ दुई घण्टा ४६ मिनेट २५ सेकेन्डमा दाैड पूरा गर्दै दाेस्राे भइन् । तेस्राे, चौथो र पाँचौँ स्थानमा क्रमशः प्युठानकी सङ्गीता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राई रहे ।  

पुरुष र महिला दुवैतर्फ पहिलो हुनेले ५० हजार, दोस्राे हुनेले ३० हजार र तेस्राे हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया