झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
मुस्ताङ – मुस्ताङमा हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आज आइतवार दिउँसो १२ बजेतिर निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।
हिम पहिराे खस्दा घाइते भएकाहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार चलिरहेको छ । घाइते भएकाहरू मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी भएका प्रहरीले जनाएको छ ।
हिमपहिरो खसेपछि भागाभाग हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये धेरैजसोको गोडामा चोट लागेको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण आएको छैन ।
मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको मानापाथी हिमालबाट हिम पहिरो खसेको शर्माले बताउनुभयो । हिम पहिराे खस्दा केही चौरी गाइ हराएका स्थानीयवासीले बताएका प्रहरीले जनाएकाे छ । हिम पहिरोले स्थानीयवासी रमला तुलाचनको घरको छत पनि उडाएको छ ।
हिम पहिरो खसेको ठाउँबाट लेदो पनि खसिरहेकाले त्यहाँका स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ । फेरि हिमपहिरो आयो भने बस्ती जोखिममा पर्न सक्ने भन्दै उनीहरूलाई सुरक्षित ठाउँमा सर्न भनिएको हो । तर अहिलेकै अवस्थामा भने बस्ती जोखिममा नपर्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।