काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराएकाे छ । न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनकाे लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायाे ।
अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर आउट भए । यस्तै मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङतर्फ ट्रेन्ट बाेल्टले दुई विकेट लिए ।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनायाे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन बनाए । यस्तै मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जाेश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए ।
यस पटक टी-२० विश्व कपले नयाँ च्याम्पियन पाएकाे छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी-२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएकाे थियाे ।
आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया यसअघि सन् २०१० मा टी-२० विश्व कपकाे फाइनलसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो ।
न्युजिल्यान्ड भने पहिलो पटक यसपालि टी–२० विश्व कपको फाइनलमा पुगेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sudip Lc
Nov. 15, 2021, 6:33 a.m.धेरै राम्रो ।