ग्रीष्म कालीन चरा बाहिरिए, हिउँदे चरा आइपुगे

 कात्तिक २९, २०७८ सोमबार ७:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगेका छन्।

जाडो छल्न १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा विभिन्न देशबाट नेपाल आएका हुन् । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गर्छन् । यसपालि एक/दुई हप्ता ढिलो गरी हिउँदे आगन्तुक चरा नेपाल आएका छन्  ।

चराविद् डाक्टर हेमसागर बरालकाअनुसार नेपाल आएका यी चरा ६ महिनासम्म बस्ने छन् । त्यस पछि उनीहरु बच्चा कोरल्न जुन ठाउँबाट आएको त्यहीँ ठाउँमा जाने उहाँले बताउनुभयो । ग्रीष्म कालीन आगन्तुक चराले भने नेपालमा बच्चा कोरल्ने गरेका छन् ।

अहिले हिउँदमा नेपालमा चीनबाट धेरै चरा आउने गरेका छन् । यस्तै, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया कीर्गिस्तान, कजाकस्तान तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट पनि चिसो छल्न चरा नेपाल आउने गरेका चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो ।

उहाँका अनुसार जाडो छल्न तथा आहारा खोज्न चरा ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेका छन् । कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहित वन, सिमसार क्षेत्र र खेतबारीमा यी चरा रमाउने गरेका छन् ।

हिउँदे आगन्तुक चराका लागि नेपालमा बासस्थान र खानाको अभाव नहुने चराविद्ले बताएका छन् । यस अघि नेपाल आएका ग्रीष्म कालीन आगन्तुक चरा भने नेपालबाट बाहिरिसकेका छन् ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया