एनएमबि बैंकको 'ब्राण्ड एम्बेस्डर' पल शाह

 कात्तिक २९, २०७८ सोमबार १२:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनएमबि बैंकले 'भिडियो केवाईसी' एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाताखोली कारोबार गर्न सकिने नयाँ योजना ल्याएको छ ।

बैंकले हिजाे काठमाण्डौमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको जानकारी गराएकाे हाे । 

यो सेवामार्फत अब ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइनमा नयाँ खाता खोल्नुका साथै आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन् ।

बै‌ंकले याे सेवाले ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनुको साथै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ्ग सेवा प्रदान गर्ने  प्रतिबद्धता जनाएकाे छ। 

यसैबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाज सेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलनमार्फत याे जानकारी गराएको हो ।

बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ । 

शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । उहाँले एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया