काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इङ्ग्ल्यान्ड सन् २०२२ को फिफा विश्व कप फुटबलमा छनाेट भएको छ ।
गएराति भएको खेलमा सान मारिनोलाई १०–० हराउँदै इङ्ग्ल्यान्डले कतारमा हुने विश्व कपमा स्थान सुरक्षित गरेको हो ।
सान मारिनोको पोष्टमा १० गोल हान्ने क्रममा इङ्ग्ल्यान्डका ह्यारी केनले पेनाल्टीमा दुईसहित चार गोल गरे ।
इङ्ग्ल्यान्डले सन् १९६४ यता पहिलो पटक दोहोरो अङ्कमा गोल प्रहार गर्न पनि सफल भएको छ । हिजोको चार गोलसहित इङ्ग्ल्यान्डका ह्यारी केनले ४८ गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको तेस्रो स्थानमा पुगेका छन् ।
इङ्ग्ल्यान्डमा ह्यारी केनभन्दा अघि रहेका वाइनी रुनी र सर बबी चाल्टनले ५३ गोल गरेका छन् । विश्व कप छनाेट अन्तर्गत गएराति भएका अन्य खेलमा इटली र नर्दन आयरल्यान्डले गोलरहित बराबरी खेलेका छन् ।
यो बराबरीपछि इटली सिधै विश्व कपमा छनाेट हुन असफल भएको छ । उसले अब अर्को वर्ष हुने प्ले अफ खेल्नुपर्नेछ । यस्तै गएराति भएका अन्य खेलमा स्कटल्यान्डले डेनमार्कलाई, स्वीट्जरल्यान्डले बुल्गेरियालाई, अष्ट्रियाले माल्दोभालाई, इजरायलले फारोस आइसल्यान्डलाई, अल्बानियाले एन्डोरालाई र हङ्गेरीले पोल्यान्डलाई हराएका छन् ।
डेनमार्कलाई हराएको स्कटल्यान्डले पनि विश्व कपमा पुग्ने आशा जीवितै राख्न प्ले अफ खेल्न पाउने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।