अधिवेशन गर्ने विषयमा सर्लाहीमा देउवा पक्ष र पाैडेल पक्षका कार्यकर्ताबीच झडप

 मंसिर २, २०७८ बिहिबार १५:६:४० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – पार्टीकाे अधिवेशन गर्ने विषयमा सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ ।

आज बिहीवारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप  भएको हो । पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् ।  

दुई पक्षीय छलफल भइरहेका बेला पाैडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । सर्लाही क्षेत्र नम्बर ४ का सङ्घीय संसद अमरेशकुमार सिंह समर्थित कार्यकर्ताले  निर्वाचन अधिकृतमाथि हातपात गरेको बताइएको छ ।

कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

आज सर्लाहीभरका २० पालिकाको दुई सय वडामा चुनाव गर्ने पूर्वसहमति भएको थियो । सर्लाहीमा आजका लागि तय भएको वडा अधिवेशन दुई पक्षीय  विवादका कारण अन्याेल भएको छ । 

यसअघि अधिवेशन गर्न खटिनुभएका निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादका कारण राजीनामा दिनुभएपछि त्यसको दुई दिनपछि केन्द्रले दिवाकरराज पाण्डेलाई निर्वाचन अधिकृत खटाएको थियो । 
सर्लाहीमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षधरका कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद रहँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया