भारतले बाटो नदिएपछि जनगणनाको टोली नेपाली भूमि हुँदै छाङरु र तिङ्करतर्फ, पुग्नै तीन दिन लाग्ने

 मंसिर ३, २०७८ शुक्रबार ११:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय प्रशासनले बाटो नदिए पछि जनगणनाका लागि खटिएका टोली नेपाली भूमि हुँदै दार्चुलाको छाङरु र तिङ्कर हिँडेको छ । 

दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि जाने गणकहरुलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरु नेपाली भूमि हुँदै त्यसतर्फ गएका केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर पुग्न तीन दिन लाग्छ । भारतीय भूमि हुँदै भने एकैदिनमा पुगिन्छ । 

सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएका हुन् ।

यसअघि भारतीय प्रशासनको बाटो प्रयोग गर्न अनुमति कुरेर गणकहरु दार्चुला सदरमुकाम खलङ्गामा रोकिएका थिए ।  खलङ्गाबाट नेपाली बाटो हुँदै छाङरु र तिङ्कर पुग्न सजिलो छैन । खलङ्गाबाट तिङ्कर र छाङरु पुग्ने बाटो बिग्रिएको र निकै जोखिमपूर्ण रहेको छ ।

जोखिमयुक्त क्षेत्रमा सशस्त्र  प्रहरीसँग समन्वय गरेर बाटो पार गरिने केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । छाङरु र तिङ्करमा जनगणना गर्न पालिका र सुरक्षाकर्मीसँगै सीमा सुरक्षा बलसँग समन्वय गरिएको विभागले जनाएको छ । 

यसअघि जनगणनाको पहिलो चरणको घर तथा घर परिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो। 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • संगीन श्रेष्ठ

    Nov. 20, 2021, 8:01 a.m.

    ए इण्डियाका दलालहरू, नेपाल सरकारले लिम्पियाधुरासहितको पूर्न नक्सा जारी गरिसक्दा समेत तिमीहरूलाई के ले रोजिरहेको छ ? जुन विषयमा समाचार प्रकाशित गरेका छौ, तिनै भूभाग हटाइएको नक्साको प्रयोग अझैसम्म किन ? दार्चुलाको नक्सामा लिपुलेक-लिम्पियाधुराको भूभाग खोई ? अझैसम्म पनि लिपुलेक-लिम्पियाधुरा हटाइएको नक्साको प्रयोग गरेर कतिञ्जेल इण्डियाको चाकडी र दलाली गर्छौ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया